Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

‘यहाँ श्रम स्वीकृतिको काम गरिन्छ’ भनेर सूचना टाँस्न रोक

‘यहाँ श्रम स्वीकृतिको काम गरिन्छ’ भनेर सूचना टाँस्न रोक
  • २७ चैत्र २०८२, शुक्रबार १३:२६

काठमाडौं–वैदेशिक रोजगार विभागले साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउने निर्देशन दिएको छ ।

mulpatra

विभागले सूचना प्रकाशित गरी श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको हो। विभागले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो ।

श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ । विभागले यस्ता काममा भ्रम सिर्जना गर्ने गरी हुने खालका लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न भनेको छ ।

mulpatra mulpatra mulpatra

सूचनाको बर्खिलाफ गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।