श्रममन्त्री रामजी यादवलाई बनाइँदै
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।

मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।
३० वर्षीय यादवले विद्युत इन्जिनियरिङमा बीइ गरेका छन् । उनी नवीकरणीय उर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयमा विशेषज्ञता राख्ने व्यवसायीक रूपमा सफल प्राविधिक पनि हुन् ।
![]() |
![]() |
![]() |
|---|
राजविराज विहारपुरका उनी प्राविधिक ज्ञान, सामाजिक फिल्ड–वर्क र मधेश आन्दोलनको अनुभव मिसिएका प्रतिनिधि युवा नेता हुन् । सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव निर्वाचित
इजीवल्र्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशकका रूपमा सात वर्षभन्दा बढी नेतृत्व अनुभव बटुलेका यादव प्रमाण–आधारित नीतिनिर्माण, कार्बन क्रेडिटमार्फत वैदेशिक आम्दानी र दिगो विकास मोडल निर्माण गर्न सक्षम उम्मेदवारको रूपमा अगाडि आएका छन् ।



