संघीय गणतन्त्रका आधारस्तम्भ संस्थागत भयो: राष्ट्रपति पौडेल
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय गणतन्त्रका आधारस्तम्भ संस्थागत भएको बताएका छन् ।

शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्। संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन् । ’
उनले अब त्यसका आधारमा जनकल्याणकारी कार्य गर्नुपर्ने बताएका छन् । त्यसका लागि संसद्ले जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|



