Close

Recent Posts

श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर बनिन् उपसभामुख

श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर बनिन् उपसभामुख
  • २७ चैत्र २०८२, शुक्रबार २०:४४

काठमाडौं । श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर उपसभामुख चयन भएकी छिन् । आज प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी रास्वपाको समर्थन सहित निर्वाचित भएकी हुन् ।

mulpatra

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुवी नेपालको कान्छी उपसभामुख समेत बनेकी छिन् । रुवी १८ चैत २०५६ मा जन्मिएकी हुन् । उनी धनुषाको मझेलियास्थित ठाकुर बस्तीकी स्थानीय हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुवीलाई समानुपातिक बाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य बनाएको थियो ।

बिहीबार भएको उम्मेदवारी मनोनयन समयमा रुवी र राप्रपाकी सरस्वती लामाको मनोनयन दर्ता भएको थियो । रुवीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई र प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी र अम्बिकादेवी निरौला समर्थक रहेका थिए।

mulpatra mulpatra mulpatra

आज भएको प्रतिनिधिसभा सांसदहरूबीच भएको मतदानमा रुवीले २२९ मत प्राप्त गरी राप्रपाकी सरस्वती लामालाई पराजित गरेकी हुन्।

२७५ सदस्यहरू रहेको प्रतिनिधिसभाको आजको बैठकमा कुल २५६ सांसद उपस्थित थिए।

उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा अथवा राप्रपाकी सरस्वती लामाको पक्षमा ५ मत खसेको थियो । रुविलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र स्वतन्त्र निर्वाचित महाविर पुनको समेत समर्थन रहेको थियो भने तटस्थमा २२ मत परेको छ ।

Image Source: © https://mulpatra.com

नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुई पदमा फरक फरक दलका व्यक्तिहरू हुनुपर्ने व्यवस्था गरेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com