Close

Recent Posts

अमेरिका–इरानका प्रतिनिधि शान्ति वार्ताका लागि इस्लामाबादमा

अमेरिका–इरानका प्रतिनिधि शान्ति वार्ताका लागि इस्लामाबादमा
  • २८ चैत्र २०८२, शनिबार १०:४८

काठमाडौंः इरान र अमेरिका–इजरायल बीच जारी तनाव अन्त्य गर्न उच्चस्तरीय शान्ति वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबादमा भेला भएका छन्। इरानका संसद् सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराक्चीको नेतृत्वमा इरानी टोली पुगेको छ भने अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्दैछन्।

mulpatra

पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले यस वार्तालाई क्षेत्रीय स्थिरताका लागि ‘निर्णायक मोड’को रूपमा व्याख्या गरेका छन्। तर वार्ता सुरु हुनुअघि नै इरानले आफ्ना कडा पूर्वसर्तहरू अघि सारेपछि प्रक्रिया जटिल बनेको छ।

इरानले रोक्का गरिएका सम्पत्ति फुकुवा, क्षेत्रीय युद्धविराम र विशेषगरी स्टेट अफ होर्मुजमा आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने अडान राखेको छ। गालिबाफले अमेरिकामाथि अविश्वास व्यक्त गर्दै यथार्थपरक प्रस्ताव नआएसम्म औपचारिक वार्ता अघि नबढ्ने चेतावनी दिएका छन्। यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानलाई दबाबमा राख्दै वार्तामा ‘गम्भीरता’ देखाउन आग्रह गरेका छन्।

mulpatra mulpatra mulpatra

छ हप्तासम्म चलेको द्वन्द्वपछि घोषित अस्थायी युद्धविरामका बाबजुद क्षेत्रीय तनाव पूर्ण रूपमा घटेको छैन। इजरायल र लेबनानस्थित हजबुल्लाहबीच झडप जारी रहँदा ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा असर परेको छ। यस्तो संवेदनशील अवस्थामा इस्लामाबादमा जारी वार्ताबाट स्थायी समाधान निस्कने अपेक्षा गरिए पनि दुवै पक्षबीचको गहिरो अविश्वासका कारण सफलता अझै अनिश्चित देखिएको छ।