विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गरिए सडकबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भए सडक र सदन दुवैबाट कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल प्रचण्ड ले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकार खोस्ने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे। उनले वर्तमान सरकारले गर्ने सकारात्मक कामलाई समर्थन गर्ने तर जनअधिकारमाथि हस्तक्षेप भए कडा विरोध गर्ने बताए।
उनका अनुसार हाल सरकारतर्फबाट कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनको अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको छ, जसप्रति आफूहरू सतर्क रहेको बताए। “विद्यार्थी र श्रमिकका अधिकारमाथि कुण्ठा ल्याउने कुनै पनि कदमको हामी विरोध गर्छौं,” उनले भने।
![]() |
![]() |
![]() |
|---|
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पनि विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गर्ने निर्णय गरेको छ। नेता जगन्नाथ खतिवडा का अनुसार यस्तो कदमले नागरिक स्वतन्त्रता र श्रमिक अधिकार कमजोर बनाउने ठहर गरिएको छ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली तथा पार्टीको आन्तरिक संरचनाबारे छलफल भइरहेको जनाइएको छ। हालसम्म अधिकांश सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् भने औपचारिक निर्णय भने बाँकी रहेको बताइएको छ।
संविधान संशोधनबारे बोल्दै पुष्पकमल दाहाल प्रचण्ड ले नेकपा यसको विरोधी नभएको तर संशोधन जनताको अधिकार थप्ने र संघीयतालाई बलियो बनाउने दिशामा हुनुपर्ने बताए। अधिकार कटौती गर्ने उद्देश्यले गरिने कुनै पनि संशोधन स्वीकार्य नहुने उनको भनाइ छ।
Image Source: © https://mulpatra.com
उनले पुनः दोहोर्याउँदै भने, “यदि जनताको अधिकार खोस्ने, विद्यार्थी संगठन र ट्रेड युनियन हटाउने प्रयास गरियो भने हामी सडक र सदन दुवैबाट प्रतिवाद गर्छौं।”
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



