Close

Recent Posts

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
  • २९ चैत्र २०८२, आईतवार ०७:०९

काठमाडौं । निर्माण उद्योगमा आपत्काल घोषणा गर्न नेपाल निर्माण उद्योग परिषद्ले माग गरेको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको कारण सो क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको हो ।

mulpatra

इरान, इजरायल अमेरिका युद्धका कारण बिटुमिन, डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनजन्य सामग्रीमा अत्यधिक मृल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको परिषद्ले जनाएको छ ।

‘इन्धन मात्र नभई बिटुमिन, सिमेन्ट, डण्डीलगायत अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा निरन्तर भइरहेको मूल्यवृद्धि र बजारमा देखिएको अभावले निर्माण व्यवसायीहरू मारमा परेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

mulpatra mulpatra mulpatra

हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने देखिएकाले तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने परिषद्को भनाइ छ ।

उनीहरुले सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गर्न माग गरेका छन् । ७०–७२ रुपैयाँ पर्ने डन्डी ९५ रुपैयाँ पुग्नु र ८५ रुपैयाँको बिटुमिन १४५ रुपैयाँ पुग्दा पनि सरकारी सूचकांकले बजारको वास्तविकता नदेखाउनु व्यवसायीका लागि ठुलो आर्थिक भार बनेको परिषद्को गुनासो छ