Close

Recent Posts

प्रधानमन्त्री बालेनसँग दुई किलो बढी सुन र अन्य सम्पत्ति कति छ ?

  • २९ चैत्र २०८२, आईतवार २१:२७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार शाहहो बैंक मौज्दात १ करोड ४६ लाख छ ।

mulpatra

उनले सम्पत्ति विवरणको अन्य शीर्षकमा फेसबुक, युट्युब र टिकटकको फलोअर्स समेत देखाएका हुन्।

जसमा फेसबुकमा ४० लाख फलोअर्र्स भएको उनले खुलाएका छन् । यस्तै युट्युबमा १२ लाख सस्क्राइबर्स र टिकटकमा पनि फलोअर्स संख्या उनले उल्लेख गरेका छन्।

mulpatra mulpatra mulpatra

साथै बैंकमा भएको रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल देखाएका छन् ।

बालेनको पत्नी सविनाको १९० तोला सुन रहेको छ । प्राप्तिको स्रोत पैतृक रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

शाहले माता ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १।२ बिघा जग्गा देखाएका छन् । त्यस्तै पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com