सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्रीको आयस्रोत र कर तिरेको विवरण माग्न सुरु

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्रीको आयस्रोत र कर तिरेको विवरण माग्न सुरु
  • ३० चैत्र २०८२, सोमबार १०:२०

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

mulpatra

नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।

सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणीहरू सुरु भएका छन् ।

mulpatra mulpatra mulpatra

धेरैजसोले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको गरगहना (सुन, चाँदी, हार) लगायतका विषयमा प्रश्न गरिरहेका छन् ।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका हुन् ।

उनले भनेका छन्, ‘समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ हुन्छ ।’ उनले जहाँ कंगाल, त्यहीँ चण्डाल भन्ने अवस्था देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो फेसबुक स्ट्याटसलाई पनि कटाक्ष गरेका छन् ।

Image Source: © https://mulpatra.com

उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ । समृद्धि आएछ–सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ । म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ–झिक्कै झिक्कै मया तम्लाई !’

यस्तै,श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन् । उनले भनेका छन्, ‘सम्पत्तिको विवरण त आयो तर अब स्रोत पनि आउनुपर्छ ।’

उनले लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्ट्याइदिनु पर्छ ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिमा पारदर्शिता नभएको बताएका छन् ।

उनले सरकारका कतिप मन्त्रीहरुको सम्पत्तिमा नगद, गरगहना, घरघडेरी, शेयर, अन्य लगानी देखिएको र नेपालीहरुको औसत आम्दानी भन्दा माथि रहेको पाइएको बताए । उनले हदबन्दी भन्दा बढी जग्गासमेत स्वघोषणा भएको बताउँदै मन्त्रीहरुकै सम्पत्तिमा राज्यको कानून आकर्षित भएको बताएका छन् ।

उनले आयको कर तिरेको विवरण सार्वजनिक गर्न सरकारका मन्त्रीहरुलाई सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘बालेन सरकारका कतिपय मन्त्रीहरुका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दी भन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ । मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानून आकर्षित गरेको छ। धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस् ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com