कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै, संसदीय दलको नेता चयनबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले बैशाख २ गते बस्ने गरि कार्यसम्पादन समितिको बैठक बोलाएको । पार्टी कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्दैछ । सो विषयमा समेत कार्यसम्पादन समितिमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाले बताएका छन ।

पार्टीमा पछिल्लो समय देखिएको विवाद र पार्टीको १५ औँ महाधिवेशनको तयारीका विषयमा समेत बैठकमा छलफल हुनेछ । संसदीय दलको नेतामा आकांक्षी धेरै भएपछि पार्टीलाई नेता चयन गर्न सकस परिरहेको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकाङ्क्षी छन् । शीर्ष नेताहरूले सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने भने पनि आकांक्षीलाई व्यवस्थापन गर्न कांग्रेस भित्र सकस परिरहेको छ ।
बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔँ अभियान’ लगायतमा पनि छलफल हुने जानकारी गराइएको छ ।
![]() |
![]() |
![]() |
|---|



