Close

Recent Posts

सम्पतिका बारेमा गृहमन्त्री भन्छन्, गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो

सम्पतिका बारेमा गृहमन्त्री भन्छन्, गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो
  • ३० चैत्र २०८२, सोमबार १४:२५

काठमाडौं– प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणबारे अनेकन् टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

mulpatra

उनले आफूले सरकारमा आउनुअघि नै भ्रष्टाचार नगरेरै धन आर्जन गरेको बताएका छन् । भ्रष्टाचार नगरी सम्पत्ति कमाउनु पाप नहुने उनको भनाइ छ ।

उनले सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु भने पाप ठहर्ने स्पष्ट पारेका छन् । उनले गरिब भएर जन्मिनु गल्ती नहुने तर मर्दा गरिब भइयो भने आफ्नै गल्ती हुने कथन पनि स्मरण गराएका छन् ।

mulpatra mulpatra mulpatra

सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।