सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ भन्दै काठमाडौंमा प्रदर्शन, स्रोत खुलाउन माग
काठमाडौं– सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री भन्दै अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ । उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै सम्पत्तिको स्रोत खुलाउन दबाब दिएका छन् ।

मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्न प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।
