कांग्रेसमा पूर्णबहादुरमाथि कारबाही तयारी, आज अनुशासन समितिको बैठक बस्दै

कांग्रेसमा पूर्णबहादुरमाथि कारबाही तयारी, आज अनुशासन समितिको बैठक बस्दै
  • २ बैशाख २०८३, बुधबार ०९:०४

काठमाडौं । विशेष महाधिवेशन पछि बढेको कांग्रेसको कलह अन्ततः कारवाहीमा पुग्ने देखिएको छ । आज नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पार्टी नेता पूर्णबहादुर खड्कालाई कारवाहीको विषयमा छलफल हुने एक नेताले बताएका छन् ।

mulpatra

नेता खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटक पटक विज्ञप्ति जारी गर्न थालेपछि विशेष महाधिवेशनबाट छनौट भएर आएका गगन थापा नेतृत्वको पार्टीले सो विषयमा छलफल गर्न अनुसासन समितिले बैठक बोलाएको हो ।

आज नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । यसअघि अनुशासन समितिको बैठक बोलाइएको हो ।

mulpatra mulpatra mulpatra

विशेष महाधिवेशनबाट निर्वाचित भएको सभापति गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ । यसै विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक बस्न लागेको स्रोत बताउँछ