संसदीय समितिको निर्वाचन भोली, आज मनोनयन गरिने

  • ३ बैशाख २०८३, बिहीबार ०८:२२

काठमाडौं। संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिका लागि भोलि निर्वाचन हुने भएको छ । भोली हुने सभापतिहरुको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । प्रतिनिधिसभा अन्तर्गतका १० र संयुक्त समितिको दुई सभापति चयन हुनेछ ।

mulpatra

आज दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताको समय सकिएपछि आजै साढे ४ बजे उमेदवारहरूको सूची प्रकाशन गरिने छ ।

समिति सभापतिको निर्वाचन भने भोली शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

mulpatra mulpatra mulpatra

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्वस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् । संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् ।