नयाँ रोक्दै भोट हाल्न आएका राश्वपा कार्यकर्ताका लागि युद्वग्रस्त देशमा पुनः श्रम स्वीकृति खुलाइयो

युद्वग्रस्त इजरायलसहित अन्य देशमा ड्रोन आक्रमण जारी

नयाँ रोक्दै भोट हाल्न आएका राश्वपा कार्यकर्ताका लागि युद्वग्रस्त देशमा पुनः श्रम स्वीकृति खुलाइयोयुद्वग्रस्त इजरायलसहित अन्य देशमा ड्रोन आक्रमण जारी
  • ३ बैशाख २०८३, बिहीबार १२:५९

काठमाडौं– बुधबार वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति खुला गरेको छ । हाल यी देशमा इरानले ड्रोन आक्रमण गरिरहेको छ ।

mulpatra

हिजो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘रेसिडेन्सी कार्ड’ र सम्बन्धित कम्पनीको आधिकारिक कागजात भएका कामदारहरूले नेपाल आएका बेला श्रम स्वीकृति पाउने व्यवस्था गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन १७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार यसअघि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो ।

mulpatra mulpatra mulpatra

त्यसैगरी, इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस महिनाको निर्णयअनुसार श्रम स्वीकृति प्रदान गरिनेछ ।

पछिल्लो समयमा सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा युद्धगस्त देशमै पुनः श्रम स्वीकृति खुलाएपछि परराष्ट्र मन्त्री शिशिर खनालमाथि प्रश्न उठेको छ ।

परराष्ट्र मन्त्री खनालले गत फागुन २१ गते राश्वपालाई भोट हाल्न आएका आफना कार्यकर्ताका हकमा इजरायल, कुवेत, बहराइन र लेबननका लागि पुनः श्रम स्वीकृति खुलाएको कामदारकै आरोप छ । यस विषयमा बुझन पटक–पटक फोन गर्दा समेत खनाल सम्र्पकमा आएनन् ।

Image Source: © https://mulpatra.com

इजरायल, लेबनन र खाडीमा देशमा अहिलेपनि इरान, अमेरिका र इजरायलबीच युद्ध जारी छ । तर सरकारले आफनो कार्यकर्ताको दबाबमा पुनः श्रम स्वीकृति खुलाउँदा यसले भविष्यमा असर गर्ने परराष्ट्र मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

पुनः श्रम स्वीकृतिसँगै नयाँ श्रम स्वीकृति (संस्थागत) खोल्नुपर्ने माग म्यानपावर व्यवसायीले गरिरहेका बेला सरकार पुनः श्रम स्वीकृति खोलेर प्रश्न उठ्ने काम गरेको छ ।

श्रम स्वीकृति नखुल्दा करिब ७० हजारभन्दा बढी युवा काठमाडौंमै अलपत्र परेर बसेको वैदेशिक रोजगार व्यवसायीहरुले श्रम मन्त्रालयलाई जानकारी गराइरहेका छन् । तर यस विषयमा केही नबोलेका परराष्ट्र मन्त्री खनालले आफनो पार्टी भोट हाल्न आएका कार्यकर्ताको हकमा मात्र पुनः श्रम स्वीकृति खुलाएको आरोप छ ।

नयाँ श्रम नखुल्दा म्यानपावर स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया लगायतमा गरेको करोडौं रुपैयाँ लगानीसमेत जोखिममा परेको बताउन थालेका छन् । यस विषयमा श्रम मन्त्री राम जी यादवले समेत केही प्रतिक्रिया दिएका छैन ।

वैदेशिक रोजगारीका लागि तयारीमा रहेका युवाहरूले पनि सुरक्षा जोखिम सबैका लागि समान हुने भन्दै विभेदपूर्ण नीति अन्त्य गर्न सरकारसँग माग म्यानपावर व्यवसायीको छ ।

व्यवसायीहरूले हालको नीतिप्रति असन्तुष्टि जनाउँदै ‘पुराना कामदारलाई मात्र पठाउने र नयाँलाई रोक्ने’ निर्णयले समस्या समाधान नहुने भन्दै सरकारको ध्यानाकर्षण समेत गराइरहेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com