लेखा समितिको सभापतिमा कांग्रेसबाट खड्का उम्मेदवार

लेखा समितिको सभापतिमा कांग्रेसबाट खड्का उम्मेदवार
  • ३ बैशाख २०८३, बिहीबार १४:४८

काठमाडौं–नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा सांसद भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

mulpatra

आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम छ भने निर्वाचन शुक्रबार हुनेछ । सांसद भीष्मराज आङ्देम्बेले खड्कालाई सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवार बनाउन लागिएको जानकारी दिए ।

६८ वर्षीय खड्का डोटीका हुन् , उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित भएका थिए । उनी २०७० सालको दोस्रो संविधान सभा सदस्यसमेत थिए । २०७४ मा उनी डोटी १ को १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

mulpatra mulpatra mulpatra

उनले नेविसंघबाटै राजनीति सुरू गरेका थिए । रास्वपाले लेखा समिति कांग्रेसलाई दिने भनेको छ । साथै नेकपा एमाले र नेकपाले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने भएका छन् ।

लेखा समितिमा कांग्रेसबाट सांसदहरू योगेश गौचन थकाली, मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी छन् ।