भारतको उत्तर प्रदेश– बिहार तराई क्षेत्रका अधिकांश भू–भाग नेपालकै (भिडियोसहित)नेपालले पुरानै नेपालको आफनो जग्गा मिच्यो
काठमाडौं– सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाल युद्ध पछि भएको सुगौली सन्धिले नेपालको कुल भू–भागको करिब एकतिहाइ (३३%) हिस्सा गुमाउनु परेको थियो ।

नेपालले टिस्टादेखि मेचीसम्मको पूर्वी भू–भाग र महाकालीदेखि सतलजसम्मको सम्पूर्ण पश्चिमी भू–भाग गुमाएको थियो ।
पश्चिममा (सतलज नदीसम्म नेपालको सिमाना पश्चिममा कुमाऊँ, गढवाल हुँदै सतलज नदीसम्म फैलिएको थियो । पूर्वमा (टिस्टा नदीसम्म पूर्वमा टिस्टा नदी (हालको सिक्किम र पश्चिम बंगालको भाग) सम्म नेपालको भू–भाग थियो । दक्षिणमा (तराईका भू–भागहरू) हालका भारतीय राज्यहरू उत्तर प्रदेश र बिहारका तराई क्षेत्रका अधिकांश भू–भागहरू नेपालमै पर्थे ।
![]() |
![]() |
![]() |
|---|
सुगौली सन्धि हुँदा नेपालका राजा गीर्वाणयुद्ध विक्रम शाह थिए भने प्रधानमन्त्री भीमसेन थापा थिए । नेपालको तर्फबाट हस्ताक्षर गर्नेमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय थिए ।
नेपालको हो भनी स्पष्ट किटान गरेको भए पनि नेपालको कमजोरीको फाइदा उठाउँदै भारतले पश्चिम दार्चुलादेखि पूर्व ताप्लेजुङसम्म करिब ६० हजार ६ सय २७ हेक्टर जमिन बिनाप्रमाण हडप्ने काम गरेको छ ।
नेपाली वीर पुर्खाहरूले अंग्रेजसँग गरेको युद्ध पनि नितान्त सार्वभौमरक्षाका लागि भएको थियो । तर, सैन्यशक्ति कमजोर रहेका कारण महाकाली पश्चिमको सम्पूर्ण भूभाग अंग्रेजलाई दिने गरी डिसेम्बर १८१५ मा सुगौली सन्धि गर्न नेपाल बाध्य भयो ।
Image Source: © https://mulpatra.com
यसको पुष्टि भने ४ मार्च १८१६ मा नेपालपक्षबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्सले हस्ताक्षर गरेपछि मात्र भएको थियो ।
सन् १९५० को सन्धिपछि दार्जलिङ र सिक्किमको केही भाग, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउ, गडवाल र पश्चिममा बसाहरसम्मको भूभाग नेपाललाई फिर्ता दिनुपर्नेमा नदिएर आफैं लिँदा पनि भारतको पेट अझै भरिएको छैन
उक्त सन्धिमा लडाइँमा जितेका महाकाली पश्चिम र मेचीपूर्वका सम्पूर्ण भूमि नेपालले छाड्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौंमा राखिनुपर्ने, गोर्खालीलाई ब्रिटिस सेनामा भर्ती गर्नुपर्ने र नेपालले अमेरिकी अथवा युरोपेली कर्मचारी राख्ने अधिकारबाट वञ्चित हुनुपर्नेजस्ता बुँदा समावेश गरिएका थिए ।
उक्त अपमानजनक सन्धिबाट नेपालले दार्जिलिङ, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउ, गडवाल र पश्चिममा बसाहरसम्मको भूभाग अर्थात् आफ्नो अधीनस्थ भूमिको २ तिहाइ भूभाग गुमाउनु परेको थियो ।
खासगरी सुगौली सन्धिले काली नदीपूर्व र पश्चिम उत्तर चीनसम्मको सम्पूर्ण भूभाग, जसमा कालापानी, लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी, छांगरु, टिंकर, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दकपुर, पशुपतिनगर, हिलेथोरी आदि पर्दछन् ।
भिडियोसहित
नेपालले भारतको सीमा मिचेको प्रमाण सशस्त्र प्रहरी बलको केही अध्ययनमा समेत देखिन्छ ।
नेपाल–भारत सीमामा भारत पक्षले मात्र होइन, नेपाली पक्षबाट समेत सीमा मिचिएको छ । नेपाली पक्षबाट इलाममा ५, झापामा १०, मोरङमा १, सुनसरीमा १३, सप्तरीमा ६, सिराहामा २३, धनुषामा २५, महोत्तरीमा २६, सर्लाहीमा ४०, रौतहटमा १, बारामा १, पर्सामा १२४, कञ्चनपुरमा ५ र कैलालीमा दुई ठाउँमा भारतीय भूमि अतिक्रमण भएको छ ।
सीमा अतिक्रमणमा नेपालका तर्फबाट ८८१ र भारतका तर्फबाट १ हजार ७ सय २२ जना संलग्न रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
यसरी हेर्दा भारतसँग सीमा जोडिएका १५ जिल्लामा गरी २८२ ठाउँमा नेपाली पक्षबाट सीमा अतिक्रमण भएको देखिन्छ । त्यस्तै, भारतीय पक्षबाट ३६१ ठाउँमा नेपाली भूमि अतिक्रमण भएको सशस्त्र प्रहरी बलको एक अध्ययनमा भनिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



