संसदमा हिजो हुलहुज्जत गरेको विषयमा छानबिनको तयारी गदै सभामुख
काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले हिजो संसद बैठकका क्रममा भएको हुलहुज्जतको विषयमा छानबिनको तयारी गरेका छन् ।

आज बैठक बस्नुअघि उनको संसद सचिवालयसँग परामर्श भइरहेको छ । संघीय सचिवालयका महासचिव लगायत पदाधिकारीहरुसँग हिजोको घटनालाई लिएर कारबाही प्रक्रियाबारे सभामुखले परामर्श गरेका हुन् ।
प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर भने उनले ठूलो सरोकार नदेखाएको स्रोतले बताएको छ । हिजोको वैबकमा प्रतिपक्षका केही सांसदहरु आक्रामक भएर प्रस्तुत भएका थिए । एक सांसदले कुर्सी उठाएकी थिइन् ।
![]() |
![]() |
![]() |
|---|
यस्तै, केही सांसदहरुलाई मर्यादापालकहरुलाई झम्टिएका थिए । सभामुखको टेबलसमेत तानातान भएको थियो । घटनामा केही मर्यादापालहरुलाई चोटपटक लागेको बताइएको छ ।



