आमाको मुख हेर्ने दिन नेपालमा जस्तै विश्वमा यी नामबाट मनाइन्छ
काठमाडौं– नेपाली समाजमा मातातीर्थ औँशी वा आमाको मुख हेर्ने दिन एउटा रोचक पर्व हो । नयाँ वर्षको सुरुआतमै मनाइने यो पर्वले आफ्नी जननीप्रति कृतज्ञता दर्शाउनमा हामी कति विनम्र छौँ भन्ने देखाउँछ ।

सबैका आ–आफ्नै शैली छन् । कतै गोडा धोइन्छ, कतै पहेँलो भात पकाइन्छ, कतै सुनसँग तुलना गरिन्छ, कतै भतेर लगाइन्छ, कतै नाचगान गरिन्छ त कतै डोरीले आमाका गोडा बाँधेर ठट्टा खेलिन्छ ।
फेरि पनि यी अनेक कथाहरुबीच हाम्रो मातातीर्थ औँसीले संसारको सभ्यताका यी सबै संकृतिहरुलाई एकै ठाउँमा मिसाएजस्तो देखिन्छ ।
![]() |
![]() |
![]() |
|---|
हामी महादेवी भवानीको साक्षात्कार गरेजस्तै आफ्नी जननीको ‘मुख हेर्छौँ’ र सामिप्यता जोड्छौँ । लुगाफाटो र मीठामीठा खानेकुरा, चुरापोते जस्ता सौभाग्य सामग्री (मिल्ने भए) लगायतको उपहार आमालाई दिन्छौँ ।
आमाले पनि सन्तानलाई टीका लगाएर आशीर्वाद दिन्छिन् । छोरीहरुलाई दक्षिणा दिन्छिन् । सबै मिलेर रमाइलो गर्छौँ, उत्सव मनाउँछौँ ।
नेपालमा जस्तै विश्वमा आमाको मुख हेर्ने दिनलाई विभिन्न नामले मनाइन्छ । जापानको ‘हाहा नो हि’ थाइल्याण्डको ‘मदर्स डे’, भियतनामको ‘भु लान’, कोरियाको ‘अबोइनाल’, मेक्सिकोको ‘डिया दे ला माद्रे’, इथियोपियाको ‘एन्ट्रोस्ट’, इन्डोनेसियाको ‘हारी इबु’, नाइजेरियाको ‘ओमुगा’, सर्बियाको ‘मातेरिसे’ मादागास्करको ‘फेटिन’नी रेनी’ र अमेरिकाका आदिवासी भन्दै आमाको मुख हेर्ने दिन मनाउने चलन छ ।
Image Source: © https://mulpatra.com
यसले हाम्रो पर्वप्रतिको गर्व त बढ्छ नै, संसारले आमालाई कसरी सम्झने रहेछ भन्ने नयाँ र पहिले नसुनिएका कथाहरु पनि थाहा हुने छ ।
एउटा अर्को रोचक कुरा चाहीँ आमाको सम्झना र सम्मानमा मनाइने संसारका अधिकतर पर्वहरु मे महिना अर्थात् वैशाख–जेठकै आसपासमा मनाइन्छ । चीनको मोसुओ समुदायमा पनि महिलाले नै परिवार चलाउँछन् । त्यहाँ आमा वा महिलाको हातमा सम्पूर्ण सत्ता र निर्णय अधिकार हुन्छ ।
भारतको मेघालयका खासी र गारो समुदायमा पनि थर र सम्पत्ति आमाको नामबाट सर्ने गर्छ । विवाह गरेर पुरुष चाहीँ महिलाको घर जान्छन् । तर शासन पुरुषले गर्न सक्ने व्यवस्था त्यहाँ छ ।
अहिले कुरा अमेरिकी जनजातीको हो । ती समुदायका मानिसहरुले हाम्रोमा ‘न्वागी’ खाएजस्तै नयाँ बालीको पहिलो अंश आमालाई खुवाउँछन्।
यो भिडियो पनि
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



