मलेसिया रोजगारीमा बेस्टिनेटकाे फेरी सिण्डिकेट प्रयासअध्यक्ष गुरुङपनि प्रयासरत, उनी व्यवसायीका हकहितमा बेकामे ठहर
काठमाडौं– दशकयता म्यानपावर व्यवसायी छाडेका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष संघका पुर्वअध्यक्ष हंशराज वाग्लेले मलेसिया रोजगारीमा फेरी सिण्डिकेटको पहल थालेको आरोप छ । तर वाग्ले भने यसमा सत्यता नभएको र कसैले आफनो बदनाम गराउन आरोप मात्र लगाएको मूलपत्रलाई स्ष्ट परे ।

मलेसियाले विवादित कम्पनी Bestinet Sdn Bhd द्वारा विकास गरिएको नयाँ विदेशी कामदार भर्ना प्रणाली अपनाउने योजना बनाइरहेको बुझिएको छ । यसका लागि केही म्यानपावर व्यवसायी, संघमा आवद्ध केही पदाधिकारी र म्यानपावर व्यवसायी रहेको व्यवसायीबीच नै चर्चा छ ।
यो कम्पनी श्रम व्यवसायी दातुक सेरी अमिनुल इस्लाम अब्दुल नोर (अमिन)द्वारा स्थापना गरिएको कम्पनी हो । जसले बिकास गरेको The Universal Recruitment Advanced Platform (TURAP) प्रणालीमार्फत मलेसियाले बिदेशी कामदार भर्ना गर्ने तयारी गरेको रिपोर्टहरुको खुलासा भएको साझा सवालको एक रिपोटमा भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी रामानन रामकृष्णनले सन् २०२६ को मध्यसम्म प्रणाली लागू गर्ने लक्ष्य व्यक्त गरे पनि प्रक्रिया अझै प्रारम्भिक चरणमै रहेको बुझिएको छ ।
यसबीच, सरकारी अधिकारीहरूकै अर्को समूहले भने Bestinet लाई फेरि ठूलो जिम्मेवारी दिनु जोखिमपूर्ण हुन सक्ने भन्दै आपत्ति समेत जनाएका छन् । विशेषगरी कम्पनीका संस्थापक अमिनुल इस्लाममाथि विगतमा उठेका आरोपका कारण सरकारभित्रै शंका छ ।
मन्त्रीरामकृष्णनले गत फेब्रुअरीको सुरुतिर मलेसियाको The Star पत्रिकासँगको अन्तर्वार्तामा यस नयाँ प्रणालीबारे उल्लेख गरेका थिए, तर त्यतिबेला उनले Bestinet यसमा संलग्न हुने कुरा भने बताएका थिएनन् ।
Image Source: © https://mulpatra.com
यस संस्थासँग आवद्ध भएर संघका पुर्व अध्यक्ष वाग्लले मलेसियाको सम्बन्धीत पक्षसँग लविङ गरिरहेको समेत एक म्यानपावर व्यवसायीले जानकारी दिए । उनले म्यानपावर व्यवसायी छाडेको लामो समय भइसकेको छ ।
हाल उनै वाग्लेले संघमा पनि राजनीतिक गरिरहेको एक म्यानपावर व्यवसायीको आरोप छ ।
नेपालमा Bestinet Sdn Bhd सँग जोडिएको माइक्रोटेक नेपाल नामको कम्पनीले सिमित मेडिकललाई मात्र बायो मेडिकलमा जोडेर सिन्डिकेटमा काम गर्दै आएको अभ्यास छ । Bestinet ले यसअघि सञ्चालन गरेको Foreign Workers Centralized Management System (FWCMS) प्रणालीमाथि भ्रष्टाचार, अनियमितता तथा कामदारहरूबाट अत्यधिक शुल्क असुलिएको आरोप लाग्दै आएको छ ।
जसको प्रत्यक्ष प्रभाव बंगलादेशमा परेको छ । नेपालमा पनि सिमित व्यवसायीले यही मोडल अपनाएर अहिले मलेसिया रोजगारीमा सिण्डिकेट लगाउन पहल गरिरहेका छन् ।
यसमा संघका अध्यक्ष भुवनसिंह गुरुङ समेत सलंग्न रहेको म्यानपावर व्यवसायीले आरोप लगाएका छन् । उनी संघको नेतृत्वमा आएपछि यूएईको प्रहरी रिपोर्ट, जापान रोजगारी र मलेसियाकै स्वास्थ्य सिण्डिकेटमा दौडिएका थिए ।
साथै मलेसियाबाट भिसा किनेर ल्याइ कामदार पठाउने, म्यानपावर व्यवसायीलाई आफुविरुद्ध लागेको भन्दै छापा हान्न लगाउने र केही वाहानामा म्यानपावर व्यवसायीसँग पैसा समेत असुल्ने गरेको व्यवसायीकै आरोप छ ।
अहिले गुरुङलाई काम गर्न नसकेको भन्दै व्यवसायीले चर्को विरोध गरिरहेका छन् । उनी व्यवसायीका लागि भन्दा पनि सिण्डिकेटधारीका लागि काम गदै आएका छन् । अध्यक्ष गुरुङले व्यवसायीभन्दा पनि आफनो स्वार्थका लागि बढी काम गरेको आरोप छ ।
विभिन्न देशका व्यवसायी एजेन्टहरुसँग जोडिएर उक्त देशको सरकारी संयन्त्रलाई घुस खुवाई बर्षौं आफ्नो सिन्डिकेट लगाउन माहिर उनै अमिनको कम्पनीले मलेसियाको सिङ्गो कामदार भर्ना प्रणालीलाई व्यवस्थापन गर्न खोजेको विषयमा समाचार रिपोर्टहरु यसअघिनै आएका छन् ।
गत बर्षनै मलेसियाले नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि भन्दै १० बुँदे मापदण्ड जारी गरेपछि नेपालमा यस सम्बन्धमा वैदेशिक रोजगार क्षेत्रमा ठूलै हलचल ल्याएको थियो । क्रमशः सेलाएको सिन्डिकेट अहिले पुनः ब्युताउने प्रयास भएको बुझिएको छ । अहिले त तात्कालिन विवादित कम्पनी Bestinet Sdn Bhd को नामनै सार्वजनिक गरेर त्यसै कम्पनीले विकास गरेको नयाँ विदेशी कामदार भर्ना प्रणाली लागू गर्न लागिएको छ ।
बंगलादेश प्रहरीले समेत सन् २०२४ मा उक्त प्रणाली रोक्न र अमिनुल इस्लामलाई अनुसन्धानका लागि जिम्मा दिन आग्रह गरेको थियो । यद्यपि, हालसम्म उनिमाथि कुनै ठोस कारबाही भने भएको छैन ।
मलेसियामा अमिनले सरकारी संयन्त्रलाई आफ्नो प्रभावमा पारेर राखेको आरोप समेत लाग्ने गरेको छ । उस्तै प्रभाव नेपालमा मेडिकल व्यवसायी कैलाश खड्काले श्रम मन्त्रालयलाई पार्दै आएको कारण बर्षौं नेपालमा मेडिकल सिन्डिकेट नतोडिएको आरोप छ ।
यस समाचारको केही अंश सम्पादन गरिएको छ । कोही प्रति लक्षित नभइ सूचनाका आधारमा तयार पारिएका रिपोट भएका कारण सच्याइएको समेत हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



