आज रास्वपाको सचिवालय बैठक बस्दै

आज रास्वपाको सचिवालय बैठक बस्दै
  • ६ बैशाख २०८३, आईतवार ०७:०१

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक बस्ने भएको छ । आज दिउँसो साढे ३ बजे बस्नेगरी सभापति रवि लामिछानेले सचिवालयको बैठक आह्वान गरेका हुन् ।

mulpatra

आज बस्ने बैठकमा जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रतिनिधि सभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण समेत गरिने भएको छ साथै आगामी केन्द्रीय समिति बैठकको तयारी बारे समेत छलफल हुनेछ ।

mulpatra mulpatra mulpatra