Close

Recent Posts

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

पूर्णबहादुर खड्का समूहले सर्वोच्चको फैसला स्वीकार्ने

पूर्णबहादुर खड्का समूहले सर्वोच्चको फैसला स्वीकार्ने
  • ५ बैशाख २०८३, शनिबार २१:४३

काठमाडौं । नेपाली कांग्रेसको विवादका विषयमा सर्वोच्च अदालतको पछिल्लो फैसलाप्रति पूर्णबहादुर खड्का समूहले स्वीकार्ने बताएका छन् । समूहको बैठक पछि नेता मीनबहादुर विश्वकर्माले केही असहमति र विरोधाभासपूर्ण बुँदाहरू रहेको उल्लेख गर्दै आफ्नो समूहले विधिको शासनलाई सम्मान गर्दै निर्णय स्वीकार गर्ने बताएका छन्।

mulpatra

शनिबार गोल्फुटारस्थित निवासमा भएको अनौपचारिक बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सधैं न्यायिक प्रक्रियामा विश्वास गर्ने भएकाले अदालतको आदेश आत्मसात् गर्ने स्पष्ट पारे।

उनका अनुसार विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी करिब पाँच महिनादेखिको विवादले पार्टीभित्र अन्तरद्वन्द्व बढाएको थियो। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि आफूहरू कानुनी उपचारका लागि सर्वोच्च पुगेको स्मरण गराउँदै उनले अदालतले सो निर्णयलाई सदर गरेपछि अब पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति बनेको उल्लेख गरे।

mulpatra mulpatra mulpatra

नेता विश्वकर्माले अब पार्टीभित्रको कानुनी विवाद टुंगिएको भए पनि राजनीतिक र भावनात्मक एकता कायम गर्नु मुख्य चुनौती रहेको बताए। ‘हिजोसम्म सभापति शेरबहादुर देउवा को खुट्टामा बल थियो, अब अदालतले त्यो बल गगन थापा को खुट्टामा हालिदिएको छ,’ उनले भने, ‘अब पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी सभापति थापाको काँधमा आएको छ।’