सरकारको भन्सार नीतिमाथि सीमा वरपरका स्थानीयसहित व्यापारीको विरोध
काठमाडौं– नेपाल–भारत सीमा संवाद समूहले घरायसी सामानमा भन्सार नलिने व्यवस्था गर्न आग्रह गरेको छ ।

सरकारको पछिल्लो भन्सार नीतिप्रति ध्यानाकर्षण जनाउँदै समूहले घरायसी सामग्रीमा शून्य भन्सार लागू गरेर सीमावर्ती क्षेत्रका बासिन्दाको जनजीवन सहज बनाउन माग गरेको हो ।
समूहका प्रवक्ता प्रमोदकुमार साहले विज्ञप्ति जारी गर्दै एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाले न्यून आय भएकालाई सास्ती दिएको बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
विज्ञप्तिमा भनिएको छ,‘हाल सरकारले सीमा नाकाबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने जुन व्यवस्था गरेको छ, त्यसले सीमावर्ती क्षेत्रका न्यून आय भएका आम उपभोक्तालाई चरम सास्ती दिएको छ । यो व्यवहारिक नभएकाले यसलाई तत्काल हटाई घरायसी प्रयोजनका सामग्रीमा शून्य भन्सारको व्यवस्था गर्न माग गर्दछौं ।’
घरायसी सामान ल्याउँदा दिइने सास्तीको विरोध गर्दै समूहले वास्तविक उपभोक्ता र तस्करबीच भिन्नता छुट्याउने संयमित प्रशासनको खाँचो रहेको जनाएको छ ।
त्यसैगरी, नेपाल र भारतका सीमावर्ती शहर र प्रमुख धार्मिक स्थलमा दर्शन वा भ्रमण गर्न आउने श्रद्धालुलाई ४८ घण्टासम्म भन्सार फ्रि सुविधा उपलब्ध गराउन भनिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



