देउवा पक्षको निष्कर्ष अब के गर्ने सानेपा जिम्मेवार हुनुपर्छ
काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
विगतका कांग्रेसले भोग्दै आएको उतारचढाव र अहिलेको अवस्थाबारे छलफल भएको पनि उनीहरुको भनाई छ । पार्टीमा एकता कायम राख्न सबै नेता कार्यकर्ताको आत्मबल बढ्नुपर्नेबारे छलफल भएको हो ।
![]() |
![]() |
![]() |
|---|



