सरकारी कर्मचारीले अब अर्धमासिक रुपमा तलबभत्ता पाउने

सरकारी कर्मचारीले अब अर्धमासिक रुपमा तलबभत्ता पाउने
  • ७ बैशाख २०८३, सोमबार ०८:०५

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता वितरण प्रणालीमा हेरफेर गरि अर्धमासिक अर्थात् हरेक १५–१५ दिनमा तलब तथा भत्ता प्राप्त गर्ने व्यवस्था लागू गर्ने भएको छ। पहिले मासिक रुपमा वितरण भइरहेको तलब भत्तालाई पाक्षिक रुपमा वितरण गर्ने व्यवस्था गर्ने भएको हो ।

mulpatra

अर्थ मन्त्रालय ले मन्त्रीस्तरीय निर्णय गर्दै यससम्बन्धी प्रक्रिया अघि बढाइसकेको छ र कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालय लाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र छिट्टै प्रणाली कार्यान्वयनमा जानेछ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले आफ्नो कुल मासिक तलबभत्ताको करिब ५० प्रतिशत रकम प्रत्येक १५ दिनमा दुई किस्तामा प्राप्त गर्नेछन्। यसले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापन सहज बनाउने र दैनिक खर्च धान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

mulpatra mulpatra mulpatra

हालसम्म नेपालमा सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता वितरण हुँदै आएको छ। प्रत्येक महिनाको अन्तिम सातामा कर्मचारीहरूको बैंक खातामा तलब जम्मा गर्ने परम्परा थियो।

सरकारले यो कदम अर्थतन्त्रमा तरलता बढाउने उद्देश्यले पनि अघि सारेको जनाएको छ। नियमित रूपमा बजारमा नगद प्रवाह हुँदा आर्थिक गतिविधि चलायमान हुने र उपभोग बढ्ने विश्वास गरिएको छ।