Close

Recent Posts

९ महिनामा व्यापार घाटा १२ खर्ब ६६ अर्ब नाघ्यो

९ महिनामा व्यापार घाटा १२ खर्ब ६६ अर्ब नाघ्यो
  • ८ बैशाख २०८३, मंगलवार ०८:२४

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि व्यापार घाटा झन् चुलिएको छ। भन्सार विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो।

mulpatra

यस अवधिमा कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। तर व्यापार संरचनामा देखिएको असन्तुलन अझै कायम छ, जसले अर्थतन्त्रको बाह्य निर्भरता उच्च रहेको संकेत गर्छ।

नौ महिनामा आयात १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा १३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो। निरन्तर बढ्दो आयातले आन्तरिक उत्पादन कमजोर रहँदा विदेशी वस्तुमाथिको निर्भरता अझै घट्न नसकेको देखिन्छ।

mulpatra mulpatra mulpatra

यता, निर्याततर्फ भने सकारात्मक सुधार देखिएको छ। समीक्षा अवधिमा निर्यात १८.४६ प्रतिशतले वृद्धि भई २ खर्ब २२ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित थियो। निर्यात वृद्धिले केही हदसम्म उत्पादनशील क्षेत्र विस्तार र बाह्य बजार पहुँचमा सुधार भएको संकेत गर्छ।

यद्यपि, आयातको उच्च आकारका कारण समग्र व्यापार सन्तुलन अझै नकारात्मक अवस्थामा छ। आयात र निर्यातबीचको ठूलो अन्तरले व्यापार घाटा बढाउँदै लगेका कारण अर्थतन्त्रमा दबाब कायम छ।

तर, केही सुधारका संकेत पनि देखिएका छन्। कुल व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशतबाट बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा घट्दै गएको छ। साथै, आयात–निर्यात अनुपातमा पनि सामान्य सुधार देखिएको छ, जसले दीर्घकालीन रूपमा सन्तुलन सुधार हुने आशा जगाएको छ।