सुकुम्वासीका २ रोचक सामान सारिरहँदा कोही प्रदर्शनमा केही
काठमाडौं–सरकारले समय नै तोकेर बस्ती खाली गर्न भनेपछि काठमाडौंको बागमती नदी किनारमा बस्दै आएका सुकुम्वासीहरूले क्रमशः घर खाली गर्न थालेका छन् । प्रहरीको माइकिङसँगै उनीहरूले बिहीबार साँझदेखि नै सामान प्याक गर्दै शुक्रवार बिहानदेखि सार्न थालेका हुन् ।

केही सुकुम्वासीले सामान सारिरहँदा केही सुकुम्वासी भने अधिकारकर्मीसँग मिलेर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका सुकुम्वासीहरूले सरकारी निर्णयको विरोध गरेका छन् । आवासको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले डोजर आतंक बन्द गर, सुकुम्वासी आवासको हक सुनिश्चित गर, निरंकुश सरकार चाहिँदैन जस्ता नारा लगाइरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
सरकारमा जानुअघि रास्वपाले सुकुम्वासी बस्तीमा डोजर नचलाउने भनेको थियो । साथै, रास्वपा सभापति रवि लामिछानेले डोजर चले सुरुमा आफूले छाती थाप्ने बताएका थिए ।
तर, रास्वपा सरकारले नै डोजर चलाउने निर्णय गरेपछि युवाहरू आक्रोशित देखिएका छन् । नाराबाजीमा उत्रिएका युवाहरूले लामिछानेलाई छाती थाप्न आउन भनेका छन् ।
गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिए लगत्तै गृहमन्त्री आफ्नो कमान्डमा लिएका प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर काठमाडौंको बागमती नदी किनारका सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले बस्ती खाली गराउन शनिवार र आइतबारसम्मको समय सीमा तोकेका छन् ।
Image Source: © https://mulpatra.com
सोही निर्देशनपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रहरीले बिहीबार साँझ थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन ‘माइकिङ’ गरेको थियो । प्रशासनले शनिवार बिहान डोजर चलाउने तयारी गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



