संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गर्यो कांग्रेसले
काठमाडौँ । आज हुने भनिएको नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित भएको छ । संसदीय दलको नेताका चयनका लागि आज निर्वाचन गर्ने कार्यतालिका रहे पनि अन्तिम अवस्थामा सहमतिका गर्ने भन्दै निर्वाचन प्रक्रिया रोकिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार हिजो मतदाता नामावली प्रकाशन गरिएको थियो । आज ३ बजे उम्मेदवारी दर्ता र अपरान्ह ५ बजे निर्वाचनको कार्यतालिका थियो । नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन्
काग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दावी गरिरहेका छन् । सहमतिमा दलको नेता चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको निर्वाचन समितिले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
संसदमा दोश्रो ठुलो दल भएका कारण सरकारमा प्रमुख प्रतिपक्षको भुमिकामा कांग्रेस रहन्छ । संवैधानिक परिषद लगायत विभिन्न स्थानमा प्रमुख प्रतिपक्षको नेता महत्वपूर्ण हुने हुँदा कांग्रेसमा नेता चयनमा सकस रहेको देखिन्छ । खास गरि पार्टी उपसभापति विश्व प्रकाश शर्माले आङ्देम्बे र पार्टी सभापति गगन थापाले केसीलाई दलको नेता चयन गर्न लागिरहेका छन् ।



