Close

Recent Posts

इरानका लागि ग्वादर र कराची बन्दरगाह खोल्ने पाकिस्तानको निर्णय

इरानका लागि ग्वादर र कराची बन्दरगाह खोल्ने पाकिस्तानको निर्णय
  • १५ बैशाख २०८३, मंगलवार १०:३३

काठमाडौं– पाकिस्तानले इरानका लागि आफ्ना ग्वादर र कराची बन्दरगाह खुला गर्ने घोषणा गरेको छ । पाकिस्तानको वाणिज्य मन्त्रालयले जारी गरेको ‘ट्रान्जिट अफ गुड्स थ्रु पाकिस्तान’ (पाकिस्तानमार्फत सामान आवागमन) आदेश २०२६ अन्तर्गत इरानी उत्पादनको व्यापारका लागि छ वटा करिडोर खोलिएका छन् ।

mulpatra

यी व्यापारिक करिडोर प्रयोग गर्दै इरानले पाकिस्तानमार्फत तेस्रो देशसँग आयात–निर्यात गर्न सक्नेछ ।

पाकिस्तान सरकारले यस्तो घोषणा त्यतिबेला गरेको हो, जब फेब्रुअरी २८ देखि सुरु भएको युद्ध र स्ट्रेट अफ होर्मुज इरानी बन्दरगाहमाथि अमेरिकी नाकाबन्दीका कारण इरानको आयात–निर्यात प्रभावित भएको छ ।

mulpatra mulpatra mulpatra

सामान्यतया भूपरिवेष्ठित (चारैतिर जमिनले घेरिएका) देशहरूले तेस्रो देशमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्छन् । अफगानिस्तानले दशकौँदेखि पाकिस्तानका बन्दरगाह प्रयोग गर्दै व्यापार गर्दै आएको छ । तर इरानसँग आफ्नै बन्दरगाह भए पनि हालको अवस्थाले उसलाई व्यवहारतः भूपरिवेष्ठित जस्तै बनाएको छ ।

यस समयमा पाकिस्तान इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । विश्लेषकहरूका अनुसार यो निर्णय इरानप्रति विश्वास निर्माण गर्ने महत्वपूर्ण कदम हो ।
पाकिस्तानले इरानका लागि निम्न ६ व्यापारिक मार्ग खोलेको छ ः

१.ग्वादर–गब्द

Image Source: © https://mulpatra.com

२. कराची÷पोर्ट कासिम–ल्यारी–ओरमारा–पस्नी–गब्द

३. कराची÷पोर्ट कासिम–खुजदार–दल्बन्दिन–तफ्तान

४. ग्वादर–तुरबत–होशाब–पन्जगुर–नाग–बिस्माह–खुजदार–क्वेटा÷लाक पास–दल्बन्दिन–नोकुन्डी–तफ्तान

५. ग्वादर–ल्यारी–खुजदार–क्वेटा÷लाक पास–दल्बन्दिन–नोकुन्डी–तफ्तान

६. कराची÷पोर्ट कासिम–ग्वादर–गब्द

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com