१ वर्ष अध्यक्षको असक्षमतामा पिरोलियो वैदेशिक रोजगारी, सम्बन्धीत मन्त्रीले चिया गफभन्दा दिएनन् समयअध्यक्षनै भिसा किन्ने र व्यक्तिगत ठगिमा सलंग्न
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठसहित बहुमत पदाधिकारी र सदस्यहरुले सामूहिक रूपमा कार्यसमितिबाट राजीनामा दिएका छन् ।

सोमबार निर्वाचित ७ पदाधिकारीमध्ये ५ जना र निर्वाचित १० सदस्यमध्ये ६ जना गरी ११ जनाले सामूहिक हस्ताक्षर गरी राजीनामा दिएका हुन् । संघका अध्यक्ष भूवनसिंह गुरुङले संघलाई निजी कम्पनीसरह सञ्चालन गरेको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
सोमबार पत्रकार सम्मेलनमा राजीनामा दिने सबैले अध्यक्ष गुरुङले गत वर्ष वैशाख १ गते पदबहाली गरेदेखि नै एकपक्षीय कार्यशैली अपनाएको बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
राजीनामा दिनेमा कार्यसमितिका प्रथम उपाध्यक्ष श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत राजीनामा बुझाएका उनीहरूले सोमबार साँझ संघको कार्यालय सिफलमा आयोजित पत्रकार सम्मेलनमा एक स्वरमा अध्यक्ष गुरुङमाथि सल्लाहकार, कार्यसमिति पदाधिकारी र सदस्यहरूलाई बेवास्ता तथा अवमूल्यन गर्दै संघलाई निजी कम्पनीसरह एकलौटी रूपमा सञ्चालन गरेको व्यवसायीको आरोप छ ।
यसको मुख्य कारण हो संघको अध्यक्षमा भुवनसिंह गुरूङको कार्यशैली । उनी संघको नेतृत्वमा आएको १ वर्ष भयो । तत्कालिन कार्यसमिति र पुरानो कार्यसमितिले गरेको काम आफुले गरेको भन्दै १ वर्ष बिताएको व्यवसायीकै आरोप छ । यो अवधिमा उनले आफुले काम गरेको फुर्ती मात्र देखाए ।
Image Source: © https://mulpatra.com
उनी संघको नेतृत्वमा आएपछि ४ जना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए । जसमा ३ जना त फेरिए । ३ जना मन्त्रीसँग निटक रहेको देखाउनुभन्दा केही काम गरेनन् ।
अध्यक्ष गुरुङलाई चिया गफभन्दा श्रममन्त्री शरद्सिंह भण्डारी, राजेन्द्रसिंह भण्डारी र दिपक शाहले स्थान दिएनन् । मन्त्रालयमा पुगेको उनको गफ मात्र सुनेपनि गुरुङलाई अध्यक्षको दर्जा समेत नदिएको श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।
श्रम मन्त्रीले मात्र होइन । उनलाई वैदेशिक रोजगार विभागले पनि त्यति महत्व दिएको देखिन । उनी संघको नेतृत्वमा आएपनि वैदेशिक रोजगारीमा देखिएको कुनैपनि समस्या समाधान भएनन् । यसको अर्थ उनलाई श्रममन्त्री, सचिव र महानिर्देशकले अध्यक्ष असंक्षम ठानेको अहिले व्यवसायीकै बुझाइ छ ।
तर उनले अध्यक्ष भएर आएयता व्यवसायीभन्दा वैदेशिक रोजगारी क्षेत्रमा बिचौलिया र सिण्डिकेटधारीका लागि मात्र काम खोजेको म्यानपावर व्यवसायीकै आरोप छ ।
अध्यक्षकै बदमासी
यति मात्र होइन पछिल्लो समय संघमा उनको विकल्प खोज्न थालेपछि उनै गुरुङ श्रम मन्त्रालयमा गएर फोटो खिच्ने र व्यवसायीलाई धम्काउन देखाउने गरेपछि उनीसँग ९० प्रतिशतभन्दा बढी व्यवसायी असन्तुष्ट छन् । जसका कारण उनलाई अध्यक्ष छाड्न समेत धेरै व्यवसायीले सुझाव दिए ।
योसँगै उनीले एक वर्षमा ३ जना मन्त्रीसँग काम गर्ने मौका पाए । तर उनले २ जना मन्त्रीसँग मिलेर व्यवसायीलाई दुख दिने कामतिर मात्र लागेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।
एक वर्षको अवधिमा श्रम मन्त्रालय पुगेर मन्त्रीको कार्यकक्ष अथवा ढोका अगाडी फोटो खिच्दै व्यवसायीको ग्रुपमा आफु मन्त्री, सचिव र श्रमका कर्मचारीनजिक रहेको भन्दै भ्रम फैलाए । योसँगै उनले आफनो विरोधमा बोल्न व्यवसायीलाई धम्क्याउन पनि थाले । कतिपयलाई छापा पनि हान्न लगाएको व्यवसायीकै आरोप छ ।
हाल अधिकांश म्यानपावर व्यवसायीले गुरुङले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपारका हकका काम गर्न नसकेको भन्दै उनलाई निकामे भनिरहेका छन् । उनी संघको नेतृत्वमा आएपछि यूएईको प्रहरी रिपोर्ट, जापान रोजगारी र मलेसियाकै स्वास्थ्य सिण्डिकेटधारी पछि लागे आफनो व्यवसायीमा मात्र ध्यान दिए ।
संघकै अध्यक्ष गुरुङले नै मलेसियाबाट ९ हजार रिंग्रेटसम्म भिसा किनेर ल्याइ कामदार पठाउने, व्यक्तिगत भिसामा कामदार पठाउने, म्यानपावर व्यवसायीलाई आफुविरुद्ध लागेको भन्दै छापा हान्न लगाउने र केही वाहानामा म्यानपावर व्यवसायीसँग पैसा समेत असुल्ने गरेको व्यवसायीकै आरोप छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



