अध्यादेशको असरः विपक्षी दलहरुको संयुक्त बैठक आव्हान
काठमाडौं । सरकारले संसद छलेर अध्यादेश ल्याउन खोजेपछि विपक्षी दलहरूको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपतिले आव्हान गरिसकेको संसद बैठक स्थगित गरेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश स्वीकृतीका लागि राष्ट्रपति समक्ष पेश गरेको छ ।

नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे बस्ने गरि बैठक बोलाएका हुन् । बैठकमा बैठकमा अध्यादेशमार्फत राज्य सञ्चालन गर्न खोजेको विषयमा साझा धारणा तयार गर्ने रहेको नेता आङ्देम्बेले बताएका छन् ।
बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेताहरू सहभागी हुनेछन् । बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।
![]() |
![]() |
![]() |
|---|
संसद बैठक स्थगित गरि अध्यादेश ल्याएकोमा सरकारको नेतृत्व गरिरहेको रास्वपाका सांसदहरुले समेत असहमति प्रकट गरेका छन् ।



