श्रमिक दिवसमा गुरुङले ‘छेउ न टुप्पो’ बोल्दा म्यानपावरकै बदनाम, उनी मैंहुँ बन्न खोज्दा मजाक बनेश्रम मन्त्रालयसँग मूलपत्रलाई प्रसंङ्ग बाहिर कारवाहीभन्दा सबै हाँसे
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक दिवसको अवसर आयोजना गरेको कार्यक्रममा छेउन–टुप्पो बोल्दा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङ मजाकको पात्र बने ।

शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा छेउ न टुप्पो बोल्न मजाकको पात्र बने ।
शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा मूलपत्र कार्यकारी सम्पादक रमेश भारती आइएलओ र आइओएमको भुमिकासँगै कामदारको सुरक्षा र नीतिगत सुधारका विषयमा भनाइ राखेपछि बोलेको गुरुङले पत्रकार भारतीले आफुलाई १ वर्ष भेट नदिएको र आफुविरुद्ध समाचार लेखेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दिपक काफ्ले र वैदेशिक रोजगार विभागकी डिजी मिरा आचार्यसँग कारवाहीको माग गरे ।
![]() |
![]() |
![]() |
|---|
उनले आफनो कर्तुत बाहिर पत्रकार ल्याएको बोल्दै गर्दा कार्यक्रममा सहभागि सबै हाँसे । त्यति मात्र होइन उनले वैदेशिक रोजगारी सम्बन्धी बोलेको सुनेर सबै सहभागीले कानेखुसी समेत गरे ।
उनले आफुलाई पत्रकारलाई भेटौभन्दा तर्किने गरेको गुनासो गदै गर्दा कतिपय सहभागीले यसलाई अध्यक्ष रोजगारी व्यवसायीले कसरी बनाए भने कानेखुशी समेत गरेका थिए ।
गुरुङले पत्रकार रमेश भारतीले जे पायो त्यही बालेको र लेखेको भन्दै श्रम सचिव र डिजीसँग कारवाहीको माग गरे । त्यही बेला सहभागीले पत्रकारले लेखेको समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सीलमा जान्नुपर्छ भन्ने समेत थाहा नभएको व्यक्तिलेकसरी व्यवसायीको हकहितमा काम गर्छ भनेर उल्टो प्रश्न समेत गरे ।
Image Source: © https://mulpatra.com
कार्यक्रम सकिएपछि विभिन्न संघसंस्थाबाट आएका सहभागी संघकै अध्यक्ष यस्तो रछ अरु व्यवसायी कस्ता होलान् भनेर रोजगार व्यवसायीमाथि प्रश्न समेत उठाए ।
श्रमिक दिवसको कार्यक्रम आफुलाई शुद्ध देखाउन बोलेका गुरुङ उल्टो आफु मात्र होइन अरु व्यवसायीपनि उनीजस्तै छन् भन्ने देखाउन खोजे । उनले पत्रकारमाथि हातपातनै गर्ने शैलीमा प्रस्तुत हुँदा सबैले म्यानपावर व्यवसायीका वास्तविक रुप देखाएको सहभागिले बताए ।
अध्यक्ष यस्ता छन् । पत्रकारमाथि यसरी प्रस्तुत भए । उनले कामदारलाई कस्तो गर्लान् र अरु व्यवसायी कस्ता होलान् भनेर ती विज्ञले टिप्पणी समेत गरे । अहिले गुरुङ व्यवसायीभित्रै बदनाम मात्र होइन । रोजगार व्यवसायीले नै उनलाई निकामे भनेर कारवाही र संघ छाड्न दबाब दिइरहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



