भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर यात्रा खुलायो
काठमाडौं– भारतले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो । लिपुलेक नेपालको भूमि हो ।

भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ । भारतको चीन सरकारसँगको सहकार्यमा यात्राको औपचारिक घोषणा गरेको हो ।
भारतीय विदेश मन्त्रालयद्वारा हिजो जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।
![]() |
![]() |
![]() |
|---|
यात्रामा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ । धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौं श्रद्धालुहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ ।
यस्तो यात्राको रुट नेपालको भूमिमा पर्दा नेपाललाई जानकारी छैन । लिपुलेक पासबाट व्यापार अघि बढाउन भारत र चीन यसअघि सहमति गरिसकेका छन् । यो सहमतिमा पनि नेपाल बेखबर छ । नेपालले कालापानी, लिपुलेक लिम्पियाधुरालाई आफ्नो भूमि भएको पनि भारतले मिचिरहेको भन्दै आपत्ति जनाइरहेको छ ।



