Close

Recent Posts

सरकार र सेनालाई प्रसाईको प्रश्न: नेपाली सेना सुकुम्वासी बस्तीमा हुनुपर्ने कि लिपुलेकमा ?

भुटानीदेखि रोहिंगयासम्मले बास पाउने, आफ्नै देशका जनताले नपाउने ?

सरकार र सेनालाई प्रसाईको प्रश्न: नेपाली सेना सुकुम्वासी बस्तीमा हुनुपर्ने कि लिपुलेकमा ?भुटानीदेखि रोहिंगयासम्मले बास पाउने, आफ्नै देशका जनताले नपाउने ?
  • २० बैशाख २०८३, आईतवार १३:२३

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले यतिबेला सरकारले आफ्नो देशको सीमा रक्षा भन्दा सुकुम्वासीलाई लखेट्ने कार्यलाई प्राथमिकतामा दिएको भन्दै आक्रोश पोखेका छन् ।

mulpatra

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वहारा बर्ग सुकुम्वासीको पक्षमा लड्ने घोषणा गरे । उनले भने, ‘म आजबाट सर्वहारा बर्ग, गरिब, सुकम्वासीको पक्षमा लड्छु, सक्छौ भने पक्रेर लैजाउ । यिनीरुले गरिब सर्वहारालाई रुवाएका छन्, त्यसको आँशु लाग्छ ।’

भूमिहिनहरु सरकारी जग्गामा कहाँ बस्ने भन्ने प्रसाईंको प्रश्न छ ।

mulpatra mulpatra mulpatra

‘अर्काको प्राइभेट जग्गामा बस्न दिँदैनन् । जानुपर्ने खोलाको किनारमै त हो नि । उनीहरुकै पार्टीका सांसद केपी खनाल पनि सुकुम्वासी रहेछ त ? उसको चाहिँ घर बुवाआमाले दुख गरेर कमाएको रे । अरुले पनि त दुखै गरेर जीवनभरिको कमाइले बनाएका होलान् नि । घर भनेको सपना हो । घर छैन भने जाने सरकारी जग्गामा हो । यही देशमा भुटानीदेखि रोहिंगयासम्मले बास पाउने, आफ्नै देशका जनताले नपाउने ?’ उनले भने ।

प्रसाईंले यतिबेला सरकारको ध्यान सुकुम्वासी बस्तिमा नभएर कालापानी लिपुलेकमा हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन ? ग्रेटर नेपालको नक्सा लगाएको होइन मेयर हुँदा ? त्यो भूमि किन फिर्ता ल्याउँदैन ? नेपाली सेना आज सुकुम्वासी बस्तिमा हुनुपर्ने कि लिपुलेक कालापानीमा हुनुपर्ने ? बालेन कहाँ हुनुपर्ने ।

Image Source: © https://mulpatra.com

उनी डोजर लिएर सुकुम्वासी बस्तिमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने ? आज सामाजिक सञ्जालमा यिनीहरुले २ हजार जना मान्छे मुख छाड्नलाई मात्र राखेका छन् । एल्गोरिद्म र सोसल मिडिया कब्जा गरेर कसैलाई बोल्न दिँदैनन् । बोल्यो कि अमाचकारी गाली आउँछ । तर, म यो प्रवित्ति विरुद्ध एक्लै भए पनि लड्छु ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com