Close

Recent Posts

जेठ पहिलो हप्तादेखि ७६ हजार बचतकर्ताको ४६ अर्ब फिर्ता गरिदै

जेठ पहिलो हप्तादेखि ७६ हजार बचतकर्ताको ४६ अर्ब फिर्ता गरिदै
  • २३ बैशाख २०८३, बुधबार १२:०७

काठमाडौं– सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूका झण्डै ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।

mulpatra

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव रविन ढकालका अनुसार समस्याग्रस्त सहकारीहरूको करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी छ । यी बचतकर्ताहरूको रकम कार्यालयले आगामी जेठको पहिलो हप्ताबाट फिर्ता गर्ने तयारी थालेको छ ।

देशभरका २३ सहकारी समस्याग्रस्त छन् । जसमा कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।

mulpatra mulpatra mulpatra

त्यस्तै, चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लि, ओरेण्टल को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सहकारीको सूचीमा छन् ।

त्यसैगरी, पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त घोषित भएका छन् ।

समस्याग्रस्त सहकारीको सूचीमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लि। र श्री आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेत रहेका छन् । यी सहकारीहरूमा फसेको बचत रकम सरकारले व्यवस्थापन तथा फिर्ता प्रक्रियालाई अघि बढाउने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

Image Source: © https://mulpatra.com

बचत फिर्ता गर्दा सरकारले साना बचतकर्तालाई पहिलो प्राथमिकतामा राखेको छ । जसका लागि सरकारले पाँच लाखभन्दा कम रकम भएका बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने बचतकर्ताको संख्या १८ हजार रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेकाले अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिएकी छिन् । मंगलबार एक कार्यक्रममा मन्त्री रावलले भनिन्, ‘यसमा धेरै काम गरिसकेका छौँ । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ । समितिले आफ्नो कार्यविधि तय गर्दै बचत फिर्ता कार्य आरम्भ गर्नेछ ।’

समितिले मागदाबीकर्ता बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताहरूको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ ।

समितिका अनुसार नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीकारुपमा खर्च गरिने बताइएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com