Close

Recent Posts

उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ बिजयी

उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ बिजयी
  • २३ बैशाख २०८३, बुधबार ११:११

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूह उपाध्यक्षमा नरेशलाल श्रेष्ठ बिजयी भएका छन् । उनले उपाध्यक्षका अर्का उम्मेदवार शिवप्रसाद घिमिरेलाई ३ मतले पराजित गरि वस्तुगत तर्फको उपाध्यक्ष बन्न सफल भएका छन् । वस्तुगत सदस्यहरु १२३ जना रहेको र उनीहरुको मतदानबाट श्रेष्ठको ६३ मत आउदा अधिकारीको ६० मत आएको थियो ।

mulpatra

वस्तुगत महासंघ तर्फका सदस्यहरुमा विश्वनाथ खनाल र सुनयना घिमिरे निर्वाचित भएका छन् ।

वस्तुगत तर्फको १४ जना कार्यकारिणी समितिमा १ जना महिला अनिवार्य रहने व्यवस्था गरेको छ । जसअनुसार महिला सदस्यमा सुनिता न्हेम्हाफुकीलेले ५४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी कमला श्रेष्ठले ४८ मत पाएकी छिन् ।

mulpatra mulpatra mulpatra

वस्तुतर्फ अन्य १३ जना निर्वाचित सदस्यहरुमा ७० मतका साथ अरनिको राजभण्डारी, ५२ मतका नानिराज घिमिरे, ६२ मतका साथ पशुपति देव पाण्डे, ६८ मतका साथ विदुर धमला, ५६ मतका साथ भक्त बहादुर हमाल, ६६ मतकासाथ रविन पुरी, ६३ मतका साथ राजकुमार कार्की, ६२ मतका साथ लिलेन्द्र प्रधान, ५१ मतका साथ संघर्ष विष्ट, ६८ मतका साथ सागर ढकाल र ५१ मतका साथ होम प्रसाद घिमिरे रहेका छन्।

अन्य ४ जनाबाट दुई जना निर्वाचित हुनुपर्नेमा ४ जनाको भने मत बराबरी ५०/५० भएको थियो । सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराजन चलाउनेको बराबरी मत आएपछि आधा आधा समय महासंघको सदस्य रहने गरि निर्णय भएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com