संघका अध्यक्षनै मन्त्रालयका निकायमा सह–चालकजस्तो व्यवहार गर्दा वैदेशिक रोजगारी थचिनुसँगै हेपियोसरकारको व्यवहारसँग व्यवसायी असन्तुष्ट, भुमिकाबिहिन संघ
काठमाडौं– वैदेशिक रोजगारी क्षेत्रका जटिल समस्या समाधानको अपेक्षा गरिएको बेला नेतृत्वकै अपरिपक्वता मुख्य समस्या ओझेलमा परेका छन् ।

यसको कारण भनेको वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङनै भएको अहिले रोजगार व्यवसायीहरुले आरोप लगाउन थालेका छन् ।
सरकारसँग नीतिगत सुधारका लागि ठोस पहल गर्नुपर्ने ठाउँमा संघले दबाब सिर्जना गर्न सकेको छैन । बरु ‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता बहसमा स्पष्ट रणनीति नल्याउँदा कामदार पनि अन्योलमा छन् र व्यवसायी पनि असन्तुष्ट ।
![]() |
![]() |
![]() |
|---|
उनको नेतृत्वमा रहेको संघले स्पष्ट दृष्टिकोण, सशक्त पहल र समन्वयकारी भूमिका देखाउन नसक्दा समस्या झन् थिचिँदै गएका छन् । जसका कारण सम्बन्धीत मन्त्रालयले समेत यस क्षेत्रलाई प्रथामिकतामा राखेको छैन ।
सरकारसँग नीतिगत सुधारका लागि प्रभावकारी दबाब सिर्जना गर्नुको सट्टा संघ भित्रैको विवाद र असमझदारीमा अल्झिएको देखिन्छ । यसको मुख्य समस्या नै अध्यक्षमा देखिन्छ ।
नेतृत्व जिम्मेवार, दूरदर्शी र परिपक्व नभएसम्म वैदेशिक रोजगारी क्षेत्र केवल थिचिने होइन, निरन्तर उपेक्षित र हेपिएको क्षेत्रकै रूपमा रहिरहने जोखिम बढ्दै गएको प्रष्ट देखिन्छ ।
Image Source: © https://mulpatra.com
ठयाकै अहिले यस्तै भएको छ । बालेन शाह नेतृत्वको सरकारले म्यानपावर व्यवसायीलाई सामान्य रुपमा लिएको देखिन्छ ।
कामदारको लागत खर्च, न्यूनतम पारिश्रमिक, गन्तव्य देशसँगको श्रम सम्झौता जस्ता संवेदनशील विषयमा संघले ठोस धारणा बनाउन सकेको छैन ।
अध्यक्षनै कुनै गाडीको सहचालक जस्तो श्रम मन्त्रालयमा गइरहँदा व्यवसायीको मर्यादामा प्रश्न समेत सरकारी कर्मचारीले उठाउने गरेका छन् ।
‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता मुद्दामा पनि नेतृत्वले स्पष्ट रणनीति नल्याउँदा क्षेत्र अझ अन्योलग्रस्त बनेको छ । सरकारले यही समस्यालाई टेकेर व्यवसायीमै आक्रमण गरिरहेको छ ।
सरकारले परिणामतः न त ठगी नियन्त्रणमा नआउनुका कारण पनि ‘फ्रि भिसा–फ्रि टिकट’ मै देखेको छ । गुरुङ नेतृत्वको संघले लागत संरचना पारदर्शी बनाउन सरकारसँग छलफल नै गर्न सकेन ।
‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता महत्वपूर्ण मुद्दामा पनि नेतृत्वले सन्तुलित र व्यवहारिक धारणा दिन नसक्दा क्षेत्रको विश्वसनीयता घट्दै गएको छ । यसले वैदेशिक रोजगारी क्षेत्रलाई राज्य र अन्तर्राष्ट्रिय स्तरमै कमजोर बनाएको छ ।
नेतृत्व परिपक्व, जिम्मेवार र नीतिमुखी नबन्दासम्म वैदेशिक रोजगारीका समस्या समाधान हुने होइन, बरु थप जटिल बन्दै जाने संकेत व्यवसायीले नै संघकै समुहमा गरेका छन् ।
हाल उनले ८ जना मात्र कार्यसमितिलाई बुहमत ठानेर बैठक राख्दै आएका छन् । अघिल्लो साता संघका बहुमत पदाधिकारीसहित ११ जनाले राजिनामा दिएका थिए । जसमा डिमाण्ड र आर्थिक प्रलोमनामा पारी उनै गुरुङ सदस्य कृष्ण ढकाल र हिमा गुरुङलाई आफुतिर ताने ।
अहिलेको अवस्थामा आत्मसमीक्षा र ठोस कार्ययोजनाविना सुधारको अपेक्षा गर्नु कठिन छ । अध्यक्षकै अपरिपक्व वैदेशिक रोजगारी सुधारको अपेक्षा गरिएको समयमा नेतृत्वकै कमजोरीले यो क्षेत्र थचिनु मात्र होइन, झन् प्रभावहीन बन्दै गएकोप्रति व्यवसायी नै चिन्तित छन् ।
नीतिगत स्पष्टता, कामदारको अधिकार, लागत संरचना र पारिश्रमिक जस्ता गम्भीर विषयमा संघले दृढ अडान लिन नसक्दा सरकारसँगको वार्तामा पनि कमजोर उपस्थिति देखिएको छ ।
म्यानपावर कम्पनीहरूले वर्षौँदेखि उठाउँदै आएका मुख्य समस्या अहिले पनि जस्ताको तस्तै छन् । केही त झन् जटिल बनेका छन् । यसको पछाडी संघकै अध्यक्ष कमजोर भएको पनि व्यवसायीको आरोप छ ।
पहिलो समस्या नीतिगत अन्योल हो । ‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता नीतिहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने स्पष्ट मापदण्ड छैन । परिणामतः न त व्यवसायी ढुक्क छन्, न त कामदार सुरक्षित । कानुन एकातिर, व्यवहार अर्कोतिर चलिरहेको अवस्था छ ।
योसँगै म्यानपावर व्यवसायीले १ महिनाको सेवा शुल्क समेत माग गदै आएका छन् । बालेन नेतृत्वको सरकारले अहिले संघलाई स्थान दिएको छै ।
दोस्रो, लागत खर्च निर्धारणको अभाव। गन्तव्य देशअनुसार यथार्थपरक लागत तोकिएको छैन। यसले पारदर्शिता बिगारेको छ र अवैध असुली तथा प्रतिस्पर्धामा अस्वस्थ अभ्यास बढाएको छ ।
तेस्रो, श्रम सम्झौता कार्यान्वयनको कमजोरी। सरकारबीच भएका सम्झौता कागजमै सीमित हुँदा म्यानपावर कम्पनीहरूलाई पनि कामदार पठाउँदा समस्या झेल्नुपरेको छ—विशेषगरी तलब, बीमा र कामको शर्तमा ।
चौथो, मागपत्र (डिमाण्ड) प्रमाणीकरण ढिलाइ। प्रक्रिया जटिल र सुस्त हुँदा रोजगारदाता र कामदार दुवै निराश हुन्छन्, जसले वैधानिक प्रणालीभन्दा बाहिर जाने प्रवृत्ति बढाउँछ ।
पाँचौँ, नीतिगत निर्णयमा सरोकारवालासँग समन्वयको कमी । म्यानपावर व्यवसायीलाई ‘समस्या’ का रूपमा मात्रै हेर्ने प्रवृत्तिले समाधानभन्दा टकराव बढाएको छ ।
छैटौँ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा। अन्य देशहरूले सहज, छरितो र सस्तो प्रक्रिया बनाउँदा नेपालबाट कामदार पठाउने प्रक्रिया झन्झटिलो र महँगो हुँदा बजार गुम्ने खतरा बढेको छ ।
सारमा, स्पष्ट नीति, व्यवहारिक लागत संरचना, छरितो प्रक्रिया र प्रभावकारी निगरानी बिना यी समस्या झोलामा बोकिरहने होइन—झन् थपिँदै जाने अवस्था देखिन्छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



