बिर्सिएको धार्मिक पर्यटन ‘देवभूमि नेपाल’ अभियान सफल होला त ?
काठमाडौं– लामो समयदेखि ओझेलमा परेको धार्मिक पर्यटनलाई वालेन्द्र शाह नेतृत्वको सरकारले पुनः प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान समेटेको छ ।

नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथजस्ता धार्मिक गन्तव्यको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने नीति अघि सारेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र तथा साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख छ । तीर्थ कूटनीतिमार्फत धार्मिक क्षेत्रको प्रचारप्रसार विस्तार गर्दै नेपाललाई आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने सरकारको योजना छ ।
![]() |
![]() |
![]() |
|---|
पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै पर्यटक भिसा सेवा पूर्ण रूपमा अनलाइन बनाइने, ‘एकद्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिने तथा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा जोड दिइएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न कूटनीतिक पहल गरिने नीति सरकारले लिएको छ ।
त्यस्तै, सरकारले सन् २०२८ (विसं २०८५) लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने तयारी गरेको छ। साहसिक पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ, बन्जीजम्प र स्काई डाइभिङजस्ता गतिविधिलाई प्राथमिकता दिइनेछ भने विभिन्न भूभागमा नयाँ पदमार्ग सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सामुदायिक होमस्टे, स्थानीय कला–संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन बढाउने कार्यक्रमसमेत सरकारले अघि सारेको छ। पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्ममा आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



