Close

Recent Posts

हर्क साम्पाङले प्रधानमन्त्रीलाई भन्ने भनेर संम्बोधन गरेपछि

हर्क साम्पाङले प्रधानमन्त्रीलाई भन्ने भनेर संम्बोधन गरेपछि
  • २९ बैशाख २०८३, मंगलवार १६:०२

काठमाडौं–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनता सरकारसँग डराएर बाच्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् ।

mulpatra

मंगलबारको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले सरकारले सीमा रक्षा गर्न नसकेको विषयमा पनि प्रश्न उठाए । उनले सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रीलाई भन्ने समेत भने ।

‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? जनताको जिउधनको रक्षा गर्न नसक्ने सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्यलाई सोधेर गरिररहेको हो वा आफूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ । सरकार पनि मुकदर्शक भएरहेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो ।’

mulpatra mulpatra mulpatra

उनले संसदमा सांसदहरूको उपस्थिति कम रहको विषयमा पनि प्रश्न उठाए ।