Close

Recent Posts

उद्योग वाणिज्य महासंघका नव निर्वाचितले लिए शपथ र प्रमाणपत्र

उद्योग वाणिज्य महासंघका नव निर्वाचितले लिए शपथ र प्रमाणपत्र
  • २४ बैशाख २०८३, बिहीबार १४:२१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा हालै सम्पन्न निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई आधिकारिक प्रमाणपत्र प्रदान गरिएको हो। सोही अवसरमा उनीहरूलाई पद तथा गोपनीयताको शपथ पनि गराइएको थियो।

mulpatra

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ सदस्यहरू, पूर्व पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको हित संरक्षण, लगानी प्रवर्द्धन तथा आर्थिक विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले उद्योगी–व्यवसायीका समस्या समाधान गर्दै नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्ने बताएका छन्।

सपथग्रह पछि बोल्दै महासंघका सदस्य तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले महासंघले आगामी कार्यकालमा आर्थिक सुधार, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने जनाएकोा छन्। साथै, वर्तमान आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न निजी क्षेत्र र सरकारबीच समन्वय अझ सुदृढ बनाउने तर्फ आफुहरु लाग्ने समेत उनले बताएका छन् । उनले भने ‘हाम्रो लक्ष्य समावेशी र दिगो आर्थिक विकासतर्फ केन्द्रित हुँदै संस्थालाई थप सशक्त बनाउने तर्फ रहने छ ।’

mulpatra mulpatra mulpatra