Close

Recent Posts

स्थानीय तहले सौर्य उर्जा लगायतका क्षेत्रका कम्पनी स्थापना गर्न र शेयर खरिद गर्न सक्ने

स्थानीय तहले सौर्य उर्जा लगायतका क्षेत्रका कम्पनी स्थापना गर्न र शेयर खरिद गर्न सक्ने
  • २६ बैशाख २०८३, शनिबार ११:०७

काठमाण्डौ । स्थानीय तहहरूले अब कम्पनी स्थापना गर्न, सेयर खरिद गर्न तथा कम्पनीको स्वामित्व लिन सक्ने कानुनी बाटो खुला भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको एक सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

mulpatra

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले २०८३ असोज २५ गते जारी गरेको सूचनामा सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा सेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट अनुरोध आएको उल्लेख गरिएको छ ।

कार्यालयले सोही मितिको निर्णयअनुसार स्थानीय तहहरूले प्रचलित कानुनबमोजिम आवश्यक शर्त पूरा गरी कम्पनी दर्ता गर्न तथा सेयर खरिद गरेर कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।

mulpatra mulpatra mulpatra

सूचनामा स्थानीय तहले यससम्बन्धी आफ्नै कानुन निर्माण गरी निर्णय गर्नुपर्ने उल्लेख गरिएको छ । साथै कम्पनी ऐन २०६३ तथा सम्बन्धित प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गर्नुपर्ने सर्त पनि राखिएको छ ।