महासंघमा निर्वाचित कार्की र नेपाललाई कूचोसंघको बधाइ तथा शुभकामना
काठमाडौं । नेपाल कुचो संघले नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित सदस्यलाई कार्यक्रम आयोजना गरेर बधाई तथा शुभकामना कार्यक्रम आदान प्रदान गरेको छ। शनिवार वैशाख २६ गते काठमाडौंमा आयोजित कार्यक्रममा महासंघमा निर्वाचित कुचो संघका वर्तमान अध्यक्ष राजकुमार कार्की र नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दिपक नेपाललाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य राजकुमार कार्कीले निर्वाचन अभियानमा साथ दिने सम्पूर्ण व्यवसायी तथा समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले महासंघका वर्तमान अध्यक्ष अन्जन श्रेष्ठलाई सफल र प्रभावकारी बनाउन तथा महासंघको गरिमा अझ उचाइमा पुर्याउन आफू सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
कृषि तथा निर्यात व्यवसायमा लामो अनुभव हासिल गरेका कार्की यसअघि पनि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा काम गरिसकेका छन्। उनी महासंघको कृषि उद्यम केन्द्रका सह–सभापतिसमेत भइसकेका छन् भने हाल नेपाल कुचो संघका अध्यक्ष हुन्।
![]() |
![]() |
![]() |
|---|
साथै उनी नेपाल अलैँची व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत हुन्। कार्कीले कोशी प्रदेशमा सीमित रहेको अलैँची व्यवसायलाई बागमती र गण्डकी प्रदेशसम्म विस्तार गरी नेपाली अलैँची व्यवसायलाई नयाँ बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेलेका छन्।
त्यस्तै, दिपक नेपालले आफू नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षसमेत रहेको उल्लेख गर्दै महासंघको वर्तमान कार्यसमितिमा अलैँची, अदुवा, कुचोजस्ता निर्यातजन्य वस्तुको उत्पादन, बजारीकरण र निर्यात प्रवर्द्धनका विषयलाई प्राथमिकताका साथ उठाउने बताए। उनले कृषि तथा निर्यात क्षेत्रसँग सम्बन्धित व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्रको साझा आवाज बलियो बनाउन आवश्यक रहेको धारणा राखे।
नेपाल कुचो संघका उपाध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुवास बोलखेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन युवराज सुवेदीले गरेका थिए।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



