संसदमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा किन निस्किए प्रधानमन्त्री बालेन ?
काठमाडौँ । संसदको संयुक्त सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह निस्किएपछि सांसदहरु छक्क परेका छन् ।

राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री उठेर बाहिरिनु सामान्यतया उचित मानिदैन । नेपालको संसदीय अभ्यासमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम अत्यन्त औपचारिक र संवैधानिक महत्वको मानिन्छ। त्यसैले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत उच्च पदाधिकारीहरू सामान्यतया पूरा समय उपस्थित रहने प्रचलन हुन्छ।
तर प्रधानमन्त्री बालेन शाह निस्किएपछि किन निस्किए भन्ने चासो धेरै सांसदको रहेको छ ।
![]() |
![]() |
![]() |
|---|



