रामबहादुर थापाले बोलेका कुरा रेकर्डबाट हटाउन सभामुखको रुलिङ
काठमाडौं– सभामुख डीपी आर्यालले एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलरबार प्रतिनिधिसभामा बोलेको कुरा रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

सभामुख आर्यालले बुधबार बादलको कुरा रेकर्डबाट हटाउन संसद सचिवालयलाई रुलिङ गरेका हुन् ।
थापाले बोलेको विषयमा रास्वपाका सांसद मनिष खनालले मंगलबार नै रेकर्डबाट हटाउन नियमापत्ति गरेका थिए । सो कुरालाई सांसद खनालले बुधबार पनि स्मरण गराएका थिए ।
![]() |
![]() |
![]() |
|---|
खनालले बोलेपछि एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्तिको लागि समय मागेका थिए । तर, सभामुख आर्यालले महरलाई समय दिएनन् र बादलको बोली रेकर्डबाट हटाउन रुलिङ गरे ।



