राजकीय भ्रमणमा चीन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, आज शिखर वार्ता हुँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजकीय भ्रमणमा चीन पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन गएका हुन् । राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच आज बेइजिङमा शिखर वार्ता हुँदै छ ।

यो भ्रमण करिब नौ वर्षपछिको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हो । रसिया युक्रेन, र अमेरिका इरानबीच युद्ध चलेर समाप्त भइनसकेको बेला ट्रम्पको चीन भ्रमणलाई विश्व कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिएको छ
चीनको परराष्ट्र मन्त्रालयले भने द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा छलफल हुने जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
विश्वका प्रमुख दुई विशाल अर्थतन्त्रबीच व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल गर्ने कार्यक्रम रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।
चीनले यो भ्रमणलाई अमेरिकासँगको व्यापारिक सम्बन्ध सुधारको अवसरका रूपमा हेरेको छ । इरान संकट र खाडी क्षेत्रको अवस्थाबारे भ्रमण केन्द्रित रहने अन्तराष्ट्रिय सञ्चारमाध्याहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको बुधबार हुने चीनको राजकीय भ्रमणका क्रममा हुने यो भेटवार्तासँगै दुई मुलुकका नेताबीचको यो सातौँ प्रत्यक्ष भेट हुनेछ । यसअघि उनीहरुबीच सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भेटवार्ता भएको थियो ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



