प्रतिनिधि सभा बैठक बस्दै, आज आउलान प्रधानमन्त्री बालेन

प्रतिनिधि सभा बैठक बस्दै, आज आउलान प्रधानमन्त्री बालेन
  • ३१ बैशाख २०८३, बिहीबार ०७:३०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कार्यसूचि राखिएको छ ।

mulpatra

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा छलफल गरेर सदनमा उठेका प्रश्नको सरकार प्रमुखका रुपमा रहेका प्रधानमन्त्रीले दिने प्रचलन रहेको छ । तर हिजोको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री नआएपछि विपक्षीले सदन अवरुद्ध गरेका छन् । तीन पटक सम्म बैठक स्थगीत गर्दै खुलाउँदै गरे पनि सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्रहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ ।

mulpatra mulpatra mulpatra

तर आज पनि प्रधानमन्त्री आउने नआउने टुंगो भने लागि सकेको छैन हिजो प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने भनेपछि विपक्षीले सदन अवरुद्ध गरेका थिए । आजपनि प्रधानमन्त्री नआउने हो भने सदन अवरुद्ध नै रहने विपक्षीले जनाएका छन् ।