असक्षम नेतृत्वको भारमा संघः सल्लाहकारमा बस्ने पुर्वअध्यक्षहरुको अस्वीकार, एक्लिदै गुरुङ३२ लाखको चेक विवाद, अध्यक्षले विधानविपरित बिना ब्याज सापटमा हिनामिना
काठमाडौं– असक्षम नेतृत्वको भार बोकिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङलाई फेरि अर्को झट्का परेको छ ।

संघका अध्यक्षगुरुङले सल्लाहकारका रूपमा अघि सारेका पुर्वअध्यक्षहरु रोहन गुरुङ र प्रेम कटुवालले प्रबन्धमा बसेर काम गर्न अस्वीकार गरेका छन् । योसँग अध्यक्ष भुवन गुरुङ असक्षम भएको भन्दै संघभित्रको असन्तुष्टि सतहमा आएको छ ।
नेतृत्व कमजोर हुँदा संघको विश्वसनीयता मात्र होइन, व्यवसायीहरूको आवाजसमेत कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ । समस्यामा परेको क्षेत्रलाई समाधान होइन, सिण्डिकेट र गुटको राजनीति गर्ने प्रयास भइरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
संघको विधानको दफा २६को उपदफा(४)मा कार्यसमितिको विघटन सम्बन्धि व्यवस्था छ । ‘कार्यसमितिका दुई तिहाइ पदाधिकारीहरुले सामुहिक राजिनामा दिएमा कार्यसमिति स्वतः विघटन हुनेछ र सोहि दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रवन्ध समिति खडा गरि प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाइ सोहि दिन निर्वाचन गराउने व्यवस्था छ,’ विधानमा भनिएको छ ।
यहि प्रावधान अनुसार कार्यसमिति विघटन भएको भनिएको छ । भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमितिका सात जना पदाधिकारीमध्य पाँच जनाले सामूहिक राजिनामा दिएका थिए ।
विधानमा कार्यसमिति विघटन भएपछि सोही दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिन भित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।
Image Source: © https://mulpatra.com
संघको कार्यसमिति विघटन गरिएपछि सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा प्रबन्ध समिति गठन गरिएको छ । प्रबन्ध समितिमा पूर्व अध्यक्ष विमल ढकाल, जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी र वरिष्ठ अधिवक्ता शम्भु निरौला रहेका छन् ।
कर्मचारीलाई चार महिनादेखि तलब दिन नसकिएको अवस्थामा समेत अध्यक्ष गुरुङले बिना ब्याज ‘सापट’ भन्दै लाखौं रुपैयाँ लगेको र सो रकम हालसम्म फिर्ता नभएको दाबी गरिएको छ ।
विवादको केन्द्रमा रहेको ३२ लाख रुपैयाँको चेक अध्यक्ष गुरुङका निकट मानिएका कार्यसमिति सदस्य कृष्ण ढकालको कन्स्ट्रक्शन कम्पनीको नाममा जारी गरिएको भेटिएको छ ।
उक्त चेक जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको गौशाला प्रहरी वृत्त पुनर्निर्माण कार्यका लागि ‘ग्यारेन्टी’ स्वरूप दिइएको बताइएको छ तर संघका अध्यक्ष भने यसलाई सिण्डिकेटको संज्ञा दिदै दोष महासचिव महेश बस्नेत र कोषाध्यक्षलाई लगाइरहेका छन् ।
साथै, कुनै औपचारिक टेन्डर प्रक्रिया बिना अध्यक्षको ठाडो निर्देशनमा उक्त कार्य अघि बढाइएको समेत आरोप लगाइएको छ । यसरी नै वैदेशिक रोजगार विभागमा समेत उनै कृष्ण ढकालको कम्पनीले काम गरीरहेको र पटक पटक गरी करिब ३० लाख रकम ढकालले संघबाट लगिसकेको पनि रेकर्डमा देखिन्छ ।
संघको खातामा तत्काल पर्याप्त रकम नभएको अवस्थामा ग्यारेन्टी स्वरूप मात्र चेक जारी गरिएको र सम्बन्धित कामको अन्तिम प्रतिवेदन नआएसम्म चेक सटही गर्न नमिल्ने अवस्था रहेको निवर्तमान महासचिव र कोषाध्यक्ष पक्षको भनाइ छ ।
आफुले चौकी बनाउन खर्चिएको पैसाको चेक लिएका र यसलाई लगत प्रचार गरिएको ढकालले बताए । संघले गौशला प्रहरी चौकी बनाएको थियो । त्यति बेला मैले खर्च गरेको थिए । अहिले त्यसैको चेक लिएको उनको दाबी छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



