Close

Recent Posts

संसद्ममा विपक्षी दल प्रधानमन्त्रीमाथि खनिए

संसद्ममा विपक्षी दल प्रधानमन्त्रीमाथि खनिए
  • ३१ बैशाख २०८३, बिहीबार १२:३८

काठमाडौं– प्रधानमन्त्री बालेन शाह संसद्मा नियमित उपस्थित नभएको भन्दै विपक्षी दलहरू आक्रामक बनेका छन् । विपक्षी नेताहरूले संसद् सरकारको जवाफदेहिताको मुख्य थलो भएकाले प्रधानमन्त्री स्वयं उपस्थित भएर जनताका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।

mulpatra

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन ।

mulpatra mulpatra mulpatra

विपक्षी दलहरूको आरोप छ कि प्रधानमन्त्री बालेन सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा बढी सक्रिय देखिए पनि संसद्मा भने कम उपस्थित हुने गरेका छन् । यसले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने र सरकार संसद्प्रति उत्तरदायी नभएको सन्देश जाने उनीहरूको भनाइ छ ।

संसद्मा उठेका मुख्य विषयहरूमा महँगी, बेरोजगारी, वैदेशिक रोजगार, सुशासन, विकास निर्माण र सरकारका निर्णय प्रक्रियामाथिको प्रश्न रहेका छन् । विपक्षीले प्रधानमन्त्री प्रत्यक्ष उपस्थित भएर धारणा राख्नुपर्ने माग गरेका छन् ।

उता सत्तापक्षले भने प्रधानमन्त्री प्रशासनिक काम, विकास योजना र नीतिगत तयारीमा व्यस्त रहेकाले सबै बैठकमा उपस्थित हुन नसकेको तर्क गरेको छ । तर विपक्षीले यसलाई स्वीकार नगरी “संसद् भन्दा माथि कोही हुन नसक्ने” भन्दै दबाब बढाइरहेका छन् ।

Image Source: © https://mulpatra.com

यस घटनाले प्रधानमन्त्री बालेनको नेतृत्व शैलीमाथि पुनः बहस सुरु गरेको छ । समर्थकहरूले उनलाई काममुखी नेता भनेर बचाउ गरिरहेका छन् भने आलोचकहरूले संस्थागत राजनीति र संसदीय अभ्यासमा अझ गम्भीर हुनुपर्ने बताएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com