डोजर होइन न्याय चाहियो भन्दै माइतिघरमा सुकुम्बासीको प्रदर्शन
काठमाडौँ । डोजर होइन न्याय चाहियो भन्दै सुकुम्बासीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले सरकारले डोजर लगाएर सुकुम्बासीको उठिबास लगाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सुकुमबासी बस्तीहरूमा बिना विकल्प देशका विभिन्न स्थानमा डोजर आतङ्क चलाएको भन्दै सुकुम्बासीहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सरकारले संस्थागत हत्या गरेको समेत आरोप लगाएका छन् ।
उनीहरुले सुकुमबासीका मुद्दालाई सम्बोधन गर्न, सुकुमबासीहरूको संवैधानिक हकको रक्षा गर्न, तत्काल डोजर आतङ्क बन्द गर्न, स्थायी बसोबासको ग्यारेन्टी गर्न सरकारसँग र आफूहरूको जिउधनको सुरक्षा गर्न माग गरेका छन्।
![]() |
![]() |
![]() |
|---|



