निर्वाचनपछि ओलीले सचिवालय बैठक जेठ २ गते गुण्डुमै बोलाए
काठमाडौं– नेकपा एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ । सचिवालयको आठौँ बैठक यही जेठ २ गते दिनको १ः०० बजे पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास गुण्डुमा बोलाइएको एमाले जनाएको छ ।

देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णयका लागि बैंठक राख्ने भनिएको छ ।
ओली पक्राउसँगै रामबहादुर थापा ‘बादल’ ले एमालेको कार्यवाहक सम्हालेका थिए । एमालेले चुनावको औपचारिक समीक्षा गरेको छैन । पहिले तल्ला कमिटीको समीक्षापछि केन्द्रले समीक्षा गर्ने बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|
पित्तथैलीको शल्यक्रियापछि आराम गरिरहेका ओली गुण्डुमै भेटघाटलगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय भएका छैनन् ।



